• २० साउन २०८३, बुधबार
  • ५:५१ बेलुका

राष्ट्र बैंक नियामक मात्र होइन, आर्थिक रूपान्तरणको सहयात्री बन्नुपर्छ: अर्थमन्त्री वाग्ले

प्रकाशित मिति

२०८३ श्रावण २० गते, बुधबार ०३:२६

२० साउन २०८३ काठमाडौं – अर्थमन्त्री स्वर्णीम वाग्लेले नेपाल राष्ट्र बैंकलाई नियामक संस्थामा मात्र सीमित नरही नेपालको आर्थिक रूपान्तरणको सक्रिय सहयात्री र सहनिर्माताका रूपमा अघि बढ्न आग्रह गरेका छन्। अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग भएको छलफलमा उनले सरकार र राष्ट्र बैंकबीच नीतिगत समन्वयलाई अझ प्रभावकारी बनाइने तथा आवश्यक परे संयुक्त कार्यदल गठन गरिने बताए।

अर्थमन्त्री वाग्लेले बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उत्पादन, उद्योग र रोजगारीमा परिचालन गर्न, उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह बढाउन तथा मौद्रिक र वित्तीय नीतिबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिए। उनले डिजिटल वित्त, फिनटेक, स्टार्टअप वित्तपोषण र वैकल्पिक वित्तीय उपकरणलाई सहज बनाउने नीतिगत पहल गर्न पनि राष्ट्र बैंकलाई सुझाव दिए।

Kamana Sewa

वाग्लेले नियमनको उद्देश्य नियन्त्रण मात्र नभई उत्पादनशील आर्थिक गतिविधिलाई प्रोत्साहन गर्नु हुनुपर्ने उल्लेख गर्दै सरकार, राष्ट्र बैंक, बैंकिङ क्षेत्र र निजी क्षेत्र एउटै दिशामा अघि बढे नेपालको आर्थिक रूपान्तरण सम्भव हुने विश्वास व्यक्त गरे।

Classic Tech Desktop

प्रतिकृया