• २९ भदौ २०८३, सोमबार
  • १ः४८ दिउँसो

वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज

प्रकाशित मिति

२०८३ श्रावण १५ गते, शुक्रबार ०१:३४

१५ साउन २०८३ काठमाडौं – बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग सुस्त बनेसँगै वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) लगातार घट्दै गएको छ। यससँगै बैंकहरूको कर्जा ब्याजदर पनि ओरालो लाग्ने क्रम जारी रहेको छ।

National Life

असारमा औसत ४.९७ प्रतिशत रहेको २० वटै वाणिज्य बैंकको आधार दर साउनमा घटेर ४.८९ प्रतिशतमा झरेको छ। बैंकहरूले हाल कर्जाको प्रकृतिअनुसार आधार दरमा १.५ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज निर्धारण गर्दै आएका छन्।

साउन महिनाको आधार दरअनुसार राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा सस्तो ब्याजदरमा ऋण उपलब्ध गराइरहेको छ। बैंकको आधार दर ४.२७ प्रतिशत रहेको छ। त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक (४.२१ प्रतिशत), एभरेष्ट बैंक (४.३८ प्रतिशत), नबिल बैंक (४.४४ प्रतिशत) र नेपाल बैंक (४.५० प्रतिशत) रहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

यता, एनआईसी एशिया बैंक र नेपाल एसबिआई बैंकको आधार दर क्रमशः ५.९१ प्रतिशत र ५.२१ प्रतिशत रहेकाले यी बैंकबाट ऋण लिँदा तुलनात्मक रूपमा बढी ब्याज तिर्नुपर्ने हुन सक्छ।

विशेषज्ञहरूका अनुसार ऋण छनोट गर्दा आधार दर मात्र होइन, प्रिमियम, सेवा शुल्क तथा कर्जाका अन्य सर्तहरू पनि तुलना गरेर निर्णय गर्नु उपयुक्त हुन्छ।

प्रतिकृया