• २६ भदौ २०८३, शुक्रबार
  • २ः०५ दिउँसो

प्रमुख निर्वाचन आयुक्त सिफारिसविरुद्धको उजुरीमा संसदीय सुनुवाइ समितिको छलफल

प्रकाशित मिति

२०८३ श्रावण १३ गते, बुधबार १२:३६

१३ साउन २०८३ काठमाडौं – संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको सिफारिसविरुद्ध परेको उजुरीमाथि छलफल सुरु गरेको छ।

National Life

सिंहदरबारमा बुधबार बसेको समितिको बैठकमा उजुरीकर्ता भेषराज लुइँटेलसँग छलफल भइरहेको हो। लुइँटेलले कार्कीको नियुक्ति प्रक्रिया, नैतिक आचरण तथा संवैधानिक पदका लागि आवश्यक योग्यता सम्बन्धी प्रश्न उठाउँदै समितिमा उजुरी दर्ता गराएका थिए।

यसअघि संवैधानिक परिषद्को गत असार १९ गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा. राजीव सुब्बा (काठमाडौं) को नाम सिफारिस गर्ने निर्णय गरेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

संसदीय सुनुवाइ समितिले उजुरीकर्ता तथा सिफारिस भएका व्यक्तिसँग आवश्यक छलफल गरेपछि नियुक्ति प्रक्रियाबारे अन्तिम निर्णय गर्नेछ।

प्रतिकृया