• २६ भदौ २०८३, शुक्रबार
  • २ः०६ दिउँसो

नेपालमा बाघको संख्या ४२९ पुग्यो

प्रकाशित मिति

२०८३ श्रावण १३ गते, बुधबार १०:४०

१३ साउन २०८३ काठमाडौं – नेपालमा बाघको संख्या बढेर ४२९ पुगेको छ। अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा चितवनमा सार्वजनिक गरिएको राष्ट्रिय बाघ सर्वेक्षणको नतिजाअनुसार अघिल्लो सर्वेक्षणको ३५५ को तुलनामा बाघको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको हो।

National Life

सर्वेक्षणअनुसार सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १४५ वटा बाघ रहेका छन्। त्यसपछि बर्दियामा ११२, पर्सामा ७१, बाँकेमा ५१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५० वटा बाघ रहेको तथ्यांक सार्वजनिक गरिएको छ।

सरकारले संरक्षणका प्रयास, बासस्थान व्यवस्थापन र चोरी–सिकार नियन्त्रणका कारण नेपालमा बाघ संरक्षणमा उल्लेखनीय सफलता हासिल भएको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया