• १२ साउन २०८३, मंगलबार
  • ६:१३ बेलुका

एमबीएस प्रश्नपत्र आउट प्रकरणमा थप दुई पक्राउ

प्रकाशित मिति

२०८३ श्रावण १२ गते, मंगलवार ०२:४९

१२ साउन २०८३ काठमाडौं – एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र आउट प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुलकुमार मिश्र र बाराको लिपनीमालका ३१ वर्षीय अब्दुल सानी हाकिम रहेका छन्।

उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो। यसअघि सोही प्रकरणमा दुई जना पक्राउ परिसकेका थिए। पछिल्लो पक्राउसँगै यस घटनामा पक्राउ पर्ने व्यक्तिको संख्या चार पुगेको छ।

Kamana Sewa

प्रश्नपत्र बाहिरिएको घटनापछि अनुसन्धान अघि बढाएको सीआईबीले पक्राउ परेकामाथि शिक्षा ऐनअन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको जनाएको छ। सीआईबीका एसएसपी अनुपम शमशेर जबराका अनुसार घटनाको थप अनुसन्धान जारी रहेको छ।

Classic Tech Desktop

प्रतिकृया