एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
प्रकाशित मिति
२०८३ श्रावण ११ गते, सोमबार ०३:१७
११ साउन २०८३ काठमाडौं – एमालेसँग भएको तीनबुँदे सहमतिप्रति असन्तुष्टि जनाएका नेकपा नेता माधव नेपाललाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटेका छन्। प्रचण्ड सोमबार बिहान माधव नेपालको निवास पुगेर पछिल्लो राजनीतिक सहमति र त्यसबाट उत्पन्न विवादबारे छलफल गरेका हुन्।
शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको तीनबुँदे सहमतिअन्तर्गत कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले तथा कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्ने सहमति भएको थियो। विशेषगरी कोशी प्रदेश सरकारको नेतृत्व एमालेलाई दिने निर्णयप्रति माधव नेपालले असन्तुष्टि जनाएका छन्।
नेपालनिकट स्रोतका अनुसार भेटका क्रममा प्रचण्डले सहमति गर्ने क्रममा केही कमजोरी भएको स्वीकार गरेका छन्। यसअघि माधव नेपालले आफ्ना निकट नेताहरूसँग पनि उक्त विषयमा छलफल गरेका थिए।








प्रतिकृया