• १६ असोज २०८३, शुक्रबार
  • १२ः५५ दिउँसो

विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख रुपैयाँ सहयोग, सन्तानको शिक्षाको जिम्मेवारी पनि लिने प्रतिबद्धता

प्रकाशित मिति

२०८३ श्रावण ८ गते, शुक्रबार ११:२३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाहीका स्वर्गीय विवेक मण्डलका परिवारलाई १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्।

National Life

आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका ३५ वर्षीय विवेक मण्डलको १३औँ पुण्यतिथिका अवसरमा थापाले राहतस्वरूप उक्त सहयोग उपलब्ध गराएका हुन्।

सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका उपेन्द्र मण्डलका छोरा तथा रिना कुमारीका पति विवेक मण्डलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै थापाले शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाली कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार आर्थिक सहयोगसँगै थापाले स्वर्गीय मण्डलका सन्तानहरूको शिक्षा–दीक्षाको सम्पूर्ण जिम्मेवारी पनि लिने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसअघि पनि थापाले विवेक मण्डलको असामयिक निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका थिए।

प्रतिकृया