• १५ असोज २०८३, बिहीबार
  • १२ः१८ दिउँसो

नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भीमप्रसाद खतिवडा नियुक्त

प्रकाशित मिति

२०८३ श्रावण ६ गते, बुधबार ०३:४०

६ साउन २०८३ काठमाडौं- नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भीमप्रसाद खतिवडा नियुक्त भएका छन्। उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र (बालेन) शाह ले बुधबार खतिवडालाई उपकुलपतिमा नियुक्त गरेका हुन्।

National Life

उपकुलपति पदका लागि समितिले पाँच जना उम्मेदवारको सर्टलिस्ट सार्वजनिक गरेको थियो। सर्टलिस्टमा ऋषिराम रेग्मी, कार्तिकेय झा, गुरुप्रसाद सुवेदी, प्रा.डा. भीमप्रसाद खतिवडा र मुकुन्दप्रसाद लामिछाने रहेका थिए।

प्रचलित व्यवस्थाअनुसार छनोट समितिले कुलपतिसमक्ष उम्मेदवारको सिफारिस गर्ने र कुलपतिले सिफारिसमध्येबाट एक जनालाई उपकुलपतिमा नियुक्त गर्ने व्यवस्था रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया