• ३१ भदौ २०८३, बुधबार
  • ६ः४० बेलुका

३० हजार मेट्रिक टन युरिया बोकेको तेस्रो जहाज कोलकाता बन्दरगाहमा आइपुग्यो

प्रकाशित मिति

२०८३ श्रावण ६ गते, बुधबार ०९:३१

६ साउन २०८३ काठमाडौं- कृषकहरूलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यले ३० हजार मेट्रिक टन युरिया मल बोकेको तेस्रो जहाज भारतको कोलकाता बन्दरगाहमा आइपुगेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार निरन्तरको वर्षाका कारण भारततर्फ मालवाहक रेल सेवा केही प्रभावित भएकाले हिजो नेपाल आइपुग्नुपर्ने १ हजार २५० मेट्रिक टन युरिया मल बोकेको रेल आज नेपाल आइपुग्नेछ।

National Life

साथै २ हजार ५०० मेट्रिक टन डीएपी मल बोकेको अर्को रेल पनि आज नेपाल आइपुग्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।यस्तै, युरिया मलको आपूर्ति थप सहज बनाउन कोलकाताबाट विराटनगरतर्फ ३०० मेट्रिक टन र भैरहवातर्फ ४५० मेट्रिक टन युरिया मल ट्रकमार्फत पठाइसकिएको छ।

मन्त्रालयका अनुसार बाँकी रासायनिक मल पनि चरणबद्ध रूपमा नेपाल भित्र्याइनेछ र आवश्यकताअनुसार देशभर वितरण गरिनेछ। कृषकलाई आवश्यक पर्ने मलको आपूर्ति र वितरणलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया