• १६ असोज २०८३, शुक्रबार
  • १ः२१ दिउँसो

एक सातासम्म यातायात कार्यालय नजान विभागको आग्रह, अत्यावश्यकबाहेक सेवा प्रभावित हुने

प्रकाशित मिति

२०८३ श्रावण ४ गते, सोमबार ०४:१९

४ साउन २०८३ काठमाडौं- यातायात व्यवस्था विभागले सेवाग्राहीलाई अत्यावश्यक काम बाहेक आगामी एक सातासम्म यातायात कार्यालयमा नआउन आग्रह गरेको छ। विभागले सोमबार सूचना जारी गर्दै यातायातसँग सम्बन्धित प्रणालीलाई थप सेवाग्राहीमैत्री र व्यवस्थित बनाउने उद्देश्यले डाटाबेस माइग्रेसन, प्रणाली अद्यावधिक तथा प्रदेश सरकारले निर्धारण गरेका नयाँ करका दररेट प्रविष्टि र मिलानको काम भइरहेको जनाएको हो।

National Life

विभागका अनुसार यी प्राविधिक कार्य सम्पन्न हुन करिब एक हप्ता लाग्ने भएकाले यस अवधिमा केही सेवा प्रभावित हुन सक्नेछ। विभागले अत्यावश्यक काम परेका अवस्थाबाहेक २०८३ साउन ८ गतेपछि मात्र सम्बन्धित यातायात कार्यालयमा सम्पर्क गर्न सेवाग्राहीलाई अनुरोध गरेको छ।

विभागले प्रणाली स्तरोन्नतिपछि यातायातसम्बन्धी सेवाहरू अझ सहज, छिटो र व्यवस्थित रूपमा उपलब्ध गराइने जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया