• २ साउन २०८३, शनिबार
  • ३:३२ बिहान

बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय, सत्ता समीकरणमा पनि बढ्यो हलचल

प्रकाशित मिति

२०८३ श्रावण १ गते, शुक्रबार ११:३७

१ साउन  २०८३ काठमाडौं –  बागमती प्रदेश सरकारले आज (साउन १) देखि मन्त्रालयको संख्या १४ बाट घटाएर ८ वटा कायम गरेको छ। गत वैशाख २२ गते मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ८ मन्त्रालयको नयाँ संरचना कार्यान्वयनमा आएको हो।

प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला एवं योजनामन्त्री प्रभात तामाङ का अनुसार शुक्रबार मन्त्रालयको कार्यविभाजन र मन्त्रीहरूको जिम्मेवारीसम्बन्धी सिफारिस प्रदेश प्रमुखसमक्ष प्रमाणीकरणका लागि पठाइनेछ।

Kamana Sewa

मन्त्रालय संख्या घटेसँगै सरकारमा रहेका कांग्रेस र एमालेका ६ जना मन्त्रीको जिम्मेवारी समाप्त हुने भएको छ। वन तथा वातावरण, सहकारी तथा संस्कृति, पर्यटन, श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई गाभेर नयाँ संरचना बनाइएको छ।

Classic Tech Desktop

यता, केन्द्रमा कांग्रेस–एमाले सत्ता साझेदारी अन्त्यतर्फ उन्मुख भएपछि बागमती प्रदेशको राजनीतिक समीकरण पनि फेरिने संकेत देखिएको छ। एमालेले नयाँ सरकार गठनका लागि अन्य दलसँग छलफल अघि बढाएको छ भने कांग्रेस पनि सरकार जोगाउने प्रयासमा जुटेको छ।

हाल प्रदेशसभामा नयाँ सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्ने संवैधानिक व्यवस्था छ।

प्रतिकृया