• २७ असार २०८३, शनिबार
  • १:५३ बिहान

बक्यौता नबुझाए कारबाही हुने, भक्तपुर रेडक्रस शाखालाई केन्द्रको निर्देशन

प्रकाशित मिति

२०८३ असार २६ गते, शुक्रबार १०:३५

२६ असार २०८३ काठमाडौं – नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयले भक्तपुर जिल्ला शाखालाई विगतदेखि बाँकी रहेको ४५ लाख ७१ हजार ८२० रुपैयाँ २१ पैसा २१ दिनभित्र बुझाउन निर्देशन दिएको छ। केन्द्रीय कार्यालयले जारी गरेको पत्रमार्फत भक्तपुर शाखाका नाममा देखिएको बक्यौता रकम पत्र प्राप्त भएको मितिले २१ दिनभित्र केन्द्रीय कार्यालयको बैंक खातामा जम्मा गरी भुक्तानीको प्रमाणसहित जानकारी गराउन निर्देशन दिएको हो।

केन्द्रीय महामन्त्री ऋषिरमण खनालद्वारा हस्ताक्षरित पत्रमा सन् २०१५ देखि हालसम्मको बक्यौता रकम अझै भुक्तानी हुन बाँकी रहेको उल्लेख गरिएको छ। पत्रअनुसार विभिन्न निकायबाट भएका अध्ययन तथा छानबिन, समाज कल्याण परिषद्को निर्णय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट प्राप्त निर्देशनका आधारमा बक्यौता असुली प्रक्रिया अघि बढाइएको हो।

Kamana Sewa

केन्द्रीय कार्यालयले तोकिएको समयभित्र रकम जम्मा नगरे आवश्यक कानुनी तथा संस्थागत कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि दिएको छ। पछिल्लो समय नवगठित केन्द्रीय तदर्थ समितिले आर्थिक पारदर्शिता, सुशासन र संस्थागत सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ। यस कदमलाई रेडक्रसभित्र सुशासन र वित्तीय अनुशासन कायम गर्ने प्रयासका रूपमा हेरिएको छ।

Classic Tech Desktop

प्रतिकृया