मन्त्री गीता चौधरीले आज सार्वजनिक गर्दै १०० दिनको कार्यसम्पादन
प्रकाशित मिति
२०८३ असार २५ गते, बिहीबार ०९:५२
२५ असार २०८३ काठमाडौं – कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले मन्त्रालयको नेतृत्व सम्हालेको १०० दिन पूरा भएको अवसरमा आज पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालका उपलब्धि र आगामी कार्ययोजना सार्वजनिक गर्ने भएकी छन्। कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार बिहीबार बिहान १०ः३० बजे सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरिएको छ।
सम्मेलनमा मन्त्री चौधरीले १०० दिनको अवधिमा मन्त्रालयले गरेका प्रमुख कार्य, हासिल भएका उपलब्धि, कार्यान्वयनमा रहेका सुधारका प्रयास तथा आगामी दिनका प्राथमिकता सार्वजनिक गर्नेछिन्।

मन्त्रालयका सचिव, उच्च अधिकारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहने उक्त कार्यक्रममा मन्त्री चौधरीले कृषि, वन तथा वातावरण क्षेत्रका समसामयिक विषयमा मन्त्रालयको धारणा पनि प्रस्तुत गर्नेछिन्। साथै सञ्चारकर्मीहरूले उठाउने जिज्ञासाको जवाफ दिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले पत्रकार सम्मेलनमार्फत १०० दिनको कार्यसम्पादनको समीक्षा गर्दै आगामी योजनाबारे समेत स्पष्ट जानकारी दिने तयारी गरेको छ।




प्रतिकृया