• २४ असार २०८३, बुधबार
  • १२:३५ बिहान

नयाँ मौद्रिक नीति : निजी क्षेत्रको कर्जा ११% विस्तार र मुद्रास्फीति ५.५% भित्र राख्ने लक्ष्य

प्रकाशित मिति

२०८३ असार २३ गते, मंगलवार ०५:३८

२३ असार २०८३ काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११ प्रतिशतले विस्तार गर्ने लक्ष्य निर्धारण गरेको छ। साथै, मुद्रास्फीति दर ५.५ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य पनि तय गरिएको छ।

मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले अर्थतन्त्रलाई थप चलायमान बनाउन अपनाइएको लचिलो कार्यदिशालाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइएको बताए।

Kamana Sewa

मौद्रिक नीतिअनुसार बैंक तथा वित्तीय संस्थालाई शाखा स्थापना तथा आवश्यकताअनुसार समायोजन गर्न सहज व्यवस्था गरिएको छ। साथै, बैंक तथा वित्तीय संस्थाको सञ्चालन लागत घटाउन आवश्यक नीतिगत व्यवस्था पनि समेटिएको गभर्नर पौडेलले जानकारी दिए।

Classic Tech Desktop

यसैगरी, बैंक दर, नीतिगत दर, निक्षेप संकलन दर, अनिवार्य नगद मौज्दात (CRR) तथा वैधानिक तरलता अनुपात (SLR) हाल कायम रहेको व्यवस्थालाई नै आगामी आर्थिक वर्षका लागि पनि निरन्तरता दिइएको मौद्रिक नीतिमा उल्लेख छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले वित्तीय स्थायित्व कायम राख्दै निजी क्षेत्रको लगानी विस्तार, आर्थिक गतिविधि सुदृढीकरण र मूल्य स्थिरतालाई प्राथमिकतामा राखेको जनाएको छ।

प्रतिकृया