• २४ असार २०८३, बुधबार
  • १:३२ बिहान

जयवीर देउवालाई सम्पत्ति शुद्धीकरण विभागको पत्र, एक साताभित्र बयान दिन उपस्थित हुन निर्देशन

प्रकाशित मिति

२०८३ असार २३ गते, मंगलवार ०९:१९

२३ असार २०८३ काठमाडौं – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका सिलसिलामा एक साताभित्र उपस्थित भएर बयान दिन निर्देशन दिएको छ।

विभागले सोमबार काठमाडौंको बुढानीलकण्ठस्थित देउवाको निवासमा पुगेर उपस्थितिका लागि सूचना टाँस गरेको हो। सूचनामा जयवीर देउवामाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेकाले तोकिएको अवधिभित्र विभागमा उपस्थित हुन भनिएको छ।

Kamana Sewa

स्रोतका अनुसार जयवीर देउवामाथि नेपाल टेलिकमको बिलिङ प्रणालीसम्बन्धी ठेक्का तथा राहदानी (पासपोर्ट) छपाइ ठेक्कामा अनियमितता भएको आरोपमा उजुरी परेको छ। सोही उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अघि बढाएका हुन्।

Classic Tech Desktop

उक्त अनुसन्धानकै क्रममा विभागले बयानका लागि जयवीर देउवाको नाममा पुर्जी जारी गरेको जनाएको स्रोतको भनाइ छ। यद्यपि, अनुसन्धान प्रक्रिया जारी रहेकाले आरोपहरूको अन्तिम कानुनी पुष्टि भइसकेको छैन।

प्रतिकृया