१४ महिनामै नेप्सेका सीईओ चुडामणि चापागाईंको राजीनामा
प्रकाशित मिति
२०८३ असार २२ गते, सोमबार ०४:१३
२२ असार २०८३ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले पदबाट राजीनामा दिएका छन्। चापागाईंले व्यक्तिगत कारण देखाउँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष राजीनामा पत्र बुझाएका हुन्। अर्थ मन्त्रालय स्रोतका अनुसार उनको राजीनामा प्रक्रियागत रूपमा अघि बढाइएको छ।
उनी २०८१ चैत १९ गते मन्त्रिपरिषद्को निर्णयअनुसार नेप्सेको सीईओमा नियुक्त भएका थिए। नियुक्त भएको करिब १४ महिनामै उनले पदबाट अलग हुने निर्णय गरेका हुन्। चापागाईंको राजीनामापछि नेप्सेको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा अर्थ मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरेको स्रोतले जनाएको छ।

राजीनामाको कारणबारे औपचारिक रूपमा व्यक्तिगत कारण उल्लेख गरिए पनि यस विषयमा मन्त्रालय वा चापागाईंले थप विवरण सार्वजनिक गरेका छैनन्। अब उनको राजीनामा स्वीकृतिपछि नयाँ सीईओ नियुक्तिको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।





प्रतिकृया