• ५ भदौ २०८३, शनिबार
  • १०:१९ बेलुका

आज राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको छलफल

प्रकाशित मिति

२०८३ असार २२ गते, सोमबार ०८:५४

२२ असार २०८३ काठमाडौं – राष्ट्रिय सभाको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक अपराह्न १२ः१५ बजेबाट सुरु हुनेछ। आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

कार्यसूचीअनुसार युवा, श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्।

Kamana Sewa

बैठकमा मन्त्रालयगत बजेटमाथि भएको छलफललाई निष्कर्षमा पुर्‍याउने र विनियोजन विधेयकमाथिको संसदीय प्रक्रिया अगाडि बढाउने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया