रास्वपाको नयाँ केन्द्रीय समितिको पहिलो बैठक सुरु
प्रकाशित मिति
२०८३ असार १७ गते, बुधबार ०१:३८
१७ असार २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु भएको छ। चितवनमा सम्पन्न पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूले बुधबार पार्टी केन्द्रीय कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि पहिलो केन्द्रीय समिति बैठक बसेको हो।
बैठकमा सभापति रवि लामिछानेले निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

केन्द्रीय सदस्य कुशुम श्रेष्ठका अनुसार बैठकमा प्रस्तुत हुने एजेन्डाबारे सदस्यहरूलाई पूर्वजानकारी दिइएको छैन। बैठकमा संगठन विस्तार, मनोनयन हुने केन्द्रीय सदस्य तथा समसामयिक राजनीतिक विषयमा छलफल हुन सक्ने अनुमान गरिएको छ।

रास्वपाको विधानअनुसार पार्टीमा १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। त्यसमध्ये ९९ जना निर्वाचनबाट चयन भएका छन् भने बाँकी ५१ जना केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ।




प्रतिकृया