• १६ असार २०८३, मंगलबार
  • २:४० बेलुका

संसद्को गरिमा जोगाउन सांसदको व्यवहार, भाषा र पोशाक मर्यादित हुनुपर्छ : मन्त्री गौतम

प्रकाशित मिति

२०८३ असार १६ गते, मंगलवार ११:४२

१६ असार २०८३ काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसद्को गरिमा र औचित्य कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र पोशाकमा विशेष ध्यान दिनुपर्ने बताएकी छन्। ६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा उनले संसद्लाई जनताको सर्वोच्च संस्था भएकाले सांसदहरू स्वयं मर्यादित हुनुपर्नेमा जोड दिइन्।

पछिल्लो समय संसद्को गुणस्तर खस्किएको भन्ने जनगुनासोप्रति आत्मसमीक्षा आवश्यक रहेको उल्लेख गर्दै मन्त्री गौतमले प्रक्रियागत तथा प्राविधिक विषयहरू अनौपचारिक छलफलबाट टुङ्ग्याएर संसद्को समय जनताका मुद्दामा केन्द्रित गर्नुपर्ने बताइन्।

Kamana Sewa

उनले संसद्मा बोल्ने भाषा, प्रयोग गर्ने शब्ददेखि लगाउने पोशाकसम्म मर्यादित हुनुपर्ने उल्लेख गर्दै सांसदहरूको आचरणबाटै संसद्को गरिमा झल्किने धारणा राखिन्।

Classic Tech Desktop

जनताले तिरेको करबाट सञ्चालन हुने संसद्को समय शिक्षा, स्वास्थ्य तथा जनसरोकारका विषयमा सरकारलाई जवाफदेही बनाउन उपयोग गर्नुपर्नेमा जोड दिँदै मन्त्री गौतमले संसद्प्रति जनविश्वास बढाउन आफू व्यक्तिगत रूपमा पनि प्रतिबद्ध रहेको बताइन्।

प्रतिकृया