• १६ असोज २०८३, शुक्रबार
  • ६ः४२ बेलुका

पाँच महिनापछि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा पुनः सुरु, पहिलो चरणमा ओपिडी मात्रै

प्रकाशित मिति

२०८३ असार १५ गते, सोमबार ०३:३०

१५ असार २०८३ काठमाडौं- पाँच महिनादेखि बन्द रहेको स्वास्थ्य बीमा सेवा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मा सोमबारदेखि पुनः सञ्चालन हुने भएको छ। हालका लागि अस्पतालले स्वास्थ्य बीमा अन्तर्गतको बहिरङ्ग (ओपिडी) सेवा मात्रै सुरु गर्ने निर्णय गरेको छ।

National Life

अस्पतालका अनुसार स्वास्थ्य बीमा बोर्ड ले उपचारबापतको बाँकी दाबी रकम भुक्तानी प्रक्रिया अघि बढाएपछि सेवा पुनः सञ्चालन गर्ने निर्णय गरिएको हो। बोर्डबाट करिब ४० करोड रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रहेपछि अस्पतालले गत माघ १ गतेदेखि स्वास्थ्य बीमा सेवा स्थगित गरेको थियो।

अस्पतालले पहिलो चरणमा ओपिडी सेवा मात्रै सञ्चालन गर्ने जनाएको छ। भर्ना, शल्यक्रिया तथा स्वास्थ्य बीमा अन्तर्गतका अन्य सेवाहरू भने आवश्यक तयारी र सम्बन्धित निकायसँगको समन्वयपछि क्रमशः सञ्चालन गरिने अस्पतालको भनाइ छ। स्वास्थ्य बीमाअन्तर्गतको ओपिडी टिकट बिहान ७ बजेदेखि ११ बजेसम्म तथा दिउँसो १ बजेदेखि २:३० बजेसम्म वितरण गरिने व्यवस्था गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

शिक्षण अस्पतालले २०७७ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। तर स्वास्थ्य बीमा बोर्डबाट दाबी रकम भुक्तानीमा ढिलाइ, उपचार शुल्कसम्बन्धी विवाद तथा ठूलो रकम स्वीकृत हुन नसक्दा सेवा सञ्चालनमा पटक–पटक समस्या उत्पन्न हुँदै आएको थियो।

प्रतिकृया