• १३ असोज २०८३, मंगलबार
  • ३ः५९ राती

कक्षा–१२ का विद्यार्थीको भविष्यमाथि सरकारले खेलबाड गर्‍यो : राष्ट्रियसभामा कांग्रेस

प्रकाशित मिति

२०८३ असार १५ गते, सोमबार ०१:२२

१५ असार २०८३ काठमाडौं- नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य वासुदेव घिमिरेले कक्षा–१२ का विद्यार्थीको भविष्यमाथि सरकारले नै खेलबाड गरेको आरोप लगाएका छन्। सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले शिक्षा मन्त्रालय र शिक्षामन्त्रीले त्रुटिपूर्ण निर्णय गरेका कारण विद्यार्थीको भविष्य प्रभावित भएको दाबी गरे।

National Life

घिमिरेले कक्षा–१२ का विद्यार्थीको भविष्य बिग्रिने गरी शिक्षा मन्त्रालयले निर्णय गरेको आरोप लगाउँदै त्यसको जिम्मेवारी शिक्षामन्त्रीले लिनुपर्ने बताए।

सभाध्यक्षमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले शिक्षामन्त्रीमाथि के कस्तो कारबाही हुने हो भन्ने विषयमा सरकारको जवाफ मागे।

Classic Tech Mobile
Classic Tech Desktop

“१२ कक्षाका विद्यार्थीको भविष्य बिगार्ने गरी शिक्षा मन्त्रालय र शिक्षामन्त्रीले गल्ती गर्नुभयो, त्रुटिपूर्ण निर्णय गर्नुभयो, जसका कारण विद्यार्थीहरूको भविष्य बिग्रिएको छ। शिक्षामन्त्रीलाई के कस्तो कारबाही हुँदैछ ?” भन्दै घिमिरेले सरकारसँग स्पष्टिकरण माग गरेका हुन्।

प्रतिकृया