राष्ट्रियसभामा पनि रास्वपाको बाल सदस्यता विवाद, कानुन कार्यान्वयनबारे कांग्रेसको प्रश्न
प्रकाशित मिति
२०८३ असार १५ गते, सोमबार ०१:०१
१५ असार २०८३ काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको विषय राष्ट्रियसभामा पनि उठेको छ। सोमबार राष्ट्रियसभाको बैठकमा नेपाली कांग्रेसका सदस्य जगत तिमिल्सिनाले नेपाल बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको पक्ष राष्ट्र भएको र नेपालको संविधान तथा प्रचलित कानुनले बालबालिकालाई राजनीतिमा संलग्न गराउन नपाइने व्यवस्था गरेको स्मरण गराए।
उनले राजनीतिक दलसम्बन्धी ऐनले बालबालिकालाई राजनीतिमा प्रयोग गर्न नपाइने व्यवस्था गरेको तथा बालबालिकासम्बन्धी ऐनमा त्यस्तो कार्य गर्नेलाई सजायको व्यवस्था रहेको उल्लेख गर्दै रास्वपामाथि उक्त कानुन लागू हुन्छ कि हुँदैन भन्ने प्रश्न उठाए।

तिमिल्सिनाले रास्वपाले १८ वर्षमुनिका ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टी सदस्य बनाएको दाबी गर्दै यस विषयमा राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण समेत गराए।





प्रतिकृया