• १४ असार २०८३, आइतबार
  • ५:३६ बेलुका

प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ बहुमतले पारित

प्रकाशित मिति

२०८३ असार १४ गते, आईतवार ०२:५४

१४ असार २०८३ काठमाडौं- प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ बहुमतले पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको ‘आर्थिक विधेयक, २०८३ पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो।

त्यसअघि विधेयकमाथि दर्ता भएका संशोधन प्रस्ताव र सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षदेखि बजेट कार्यान्वयनलाई प्रभावकारी बनाइने र पुँजीगत खर्च कम हुने अवस्था अन्त्य गर्ने गरी सरकार अघि बढेको बताए।

Kamana Sewa

उनले सरकारले लगाएको करका कारण न्यून आय भएका नागरिकलाई कुनै अतिरिक्त भार नपर्ने स्पष्ट पार्दै अर्थतन्त्र सुधारका लागि महत्वाकांक्षी बजेट ल्याइएकाले त्यसको सकारात्मक प्रभाव आगामी वर्षदेखि देखिन थाल्ने विश्वास व्यक्त गरे।

Classic Tech Desktop

अर्थमन्त्री वाग्लेले मूल्य अभिवृद्धि कर (भ्याट) को बहुदर प्रणालीबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरिने र समितिको सिफारिसका आधारमा आवश्यक निर्णय लिइने जानकारी दिए। उनले बजेट खर्च मुख्यतः आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने उल्लेख गर्दै राजस्व संकलनमा समस्या आए आवश्यक परे आपतकालीन वित्तीय व्यवस्था अपनाउन सकिने बताए।

यस्तै, अर्बौं रुपैयाँको कारोबार गर्ने राइड सेयरिङ सेवाहरूलाई पनि करको दायरामा ल्याउने उद्देश्यका साथ सरकारले आवश्यक नीति निर्माण गरिरहेको जानकारी उनले दिए। आर्थिक विधेयकमाथि दर्ता भएका केही संशोधन प्रस्ताव फिर्ता भएका छन् भने अधिकांश संशोधन प्रस्ताव अस्वीकृत भएका छन्। केही संशोधन प्रस्ताव भने स्वीकार गरिएको छ।

प्रतिकृया