• १२ असोज २०८३, सोमबार
  • ९ः३३ राती

नेप्से ८.५० अंकले घट्यो, कारोबार कति ?

प्रकाशित मिति

२०८३ असार ११ गते, बिहीबार ०३:३२

११ असार २०८३ काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.५० अंकले घटेर २६५१.५२ बिन्दुमा झरेको छ।आज ३३८ कम्पनीका ६४ लाख ६१ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ३ अर्ब ८२ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

National Life

कारोबारका क्रममा अधिकांश उपसूचकहरू ओरालो लागेका छन्। वाणिज्य बैंक समूह ०.१९ प्रतिशत, विकास बैंक समूह ०.१५ प्रतिशत तथा फाइनान्स समूह ०.५३ प्रतिशतले घटेका छन्। समग्रमा १२ वटा उपसूचक राताम्मे बनेका छन्।

आज ८३ कम्पनीको शेयर मूल्य बढ्दा १७२ कम्पनीको मूल्य घटेको छ भने १९ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।लगानीकर्ताको बिक्री दबाब बढ्दा बजार परिसूचक सामान्य अंकले घटेको भए पनि कारोबार रकम भने ३ अर्ब रुपैयाँभन्दा माथि कायम रहनुले बजारमा लगानीकर्ताको सक्रियता कायम रहेको संकेत गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया