• १० असार २०८३, बुधबार
  • १०:२५ बेलुका

रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यका लागि राति ८ः३० बजेबाट भोटिङ

प्रकाशित मिति

२०८३ असार १० गते, बुधबार ०७:१३

१० असार २०८३ चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि आज राति मतदान हुने भएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै मतदानको समय निर्धारण गरेको हो।

आयोगका अनुसार आज राति ८ः३० बजेदेखि केन्द्रीय सदस्य पदका लागि मतदान प्रक्रिया सुरु हुनेछ। ‘राष्ट्रिय महाधिवेशन निर्वाचन कार्यविधि, २०८३’ को दफा ९ बमोजिम चौथोपटक संशोधन गरिएको कार्यतालिकाअनुसार निर्वाचन प्रक्रिया अघि बढाइएको हो।

Kamana Sewa

निर्वाचन आयोगले आज दिउँसो ३ः३० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो। त्यसपछि बेलुका ५ बजेसम्म दाबी–विरोधका लागि समय दिइएको थियो। उम्मेदवारी फिर्ताका लागि बेलुका ६ बजेसम्मको समय तोकिएको छ भने ६ः३० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ।

Classic Tech Desktop

अन्तिम नामावली सार्वजनिक भएपछि बेलुका ६ः४५ बजेदेखि मौन अवधि सुरु हुनेछ। मौन अवधि सकिएपछि राति ८ः३० बजे मतदान प्रक्रिया सुरु हुने निर्वाचन आयोगले जनाएको छ।

केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिन इच्छुकहरूले असार ९ गते नै फाराम वितरण तथा दर्ता प्रक्रिया पूरा गरिसकेका छन्। आयोगका अनुसार मतदान सम्पन्न भएको करिब दुई घण्टापछि मतगणना सुरु गरिनेछ। रास्वपाको केन्द्रीय सदस्य पदका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन्। पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

प्रतिकृया