• ९ असार २०८३, मंगलबार
  • ७:५६ बेलुका

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो, २० दिन हिरासतमा राख्न माग

प्रकाशित मिति

२०८३ असार ९ गते, मंगलवार ०४:५७

९ असार २०८३ काठमाडौं – पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मंगलबार विशेष अदालतमा उपस्थित गराएको छ। विभागले पौडेलमाथि थप अनुसन्धान गर्न २० दिन हिरासतमा राख्न अनुमति माग गर्दै अदालतमा निवेदन दिएको छ।

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग शङ्कास्पद आर्थिक कारोबार देखिएको भन्दै विभागको सिफारिसमा पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो। उनी वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलबाट पक्राउ परेका थिए। पक्राउपछि उनलाई स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको थियो।

Kamana Sewa

पौडेललाई मंगलबार बिहान काठमाडौं ल्याएर थप कानुनी प्रक्रिया अघि बढाइएको हो। अदालतले हिरासतमा राख्ने वा नराख्ने विषयमा निर्णय गरेपछि अनुसन्धानको आगामी प्रक्रिया तय हुने जनाइएको छ।

Classic Tech Desktop

प्रतिकृया