• ८ असार २०८३, सोमबार
  • १०:३७ बेलुका

प्रतिनिधि विवादले रास्वपा महाधिवेशन लम्बियो, असार १० गतेसम्म चल्ने

प्रकाशित मिति

२०८३ असार ८ गते, सोमबार ०७:४५

८ असार २०८३ चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको अवधि थपिएको छ। प्रतिनिधि विवाद समाधानमा ढिलाइ भएपछि बन्दसत्र निर्धारित समयमै सुरु हुन नसक्दा महाधिवेशन असार १० गते (बुधबार) सम्म चल्ने भएको हो।

पार्टीका प्रवक्ता मनिष झाले सोमबार साँझ महाधिवेशनको समयावधि थपिएको जानकारी दिएका हुन्। यसअघि आइतबारदेखि सुरु भएको महाधिवेशन तीन दिनभित्र सम्पन्न गर्ने योजना थियो।

Kamana Sewa

आइतबार उद्घाटन सत्र सम्पन्न भए पनि सोमबार सुरु हुने भनिएको बन्दसत्र प्रतिनिधि विवादका कारण सुरु हुन सकेन। विवाद समाधान प्रक्रिया लम्बिएपछि सोमबारका कार्यक्रम स्थगित गरी बन्दसत्र मंगलबारदेखि सञ्चालन गर्ने तयारी गरिएको छ।

Classic Tech Desktop

बन्दसत्रका कार्यक्रम पछाडि सरेसँगै महाधिवेशनको समग्र कार्यतालिका प्रभावित भएको र त्यसैका कारण अवधि थप्नुपरेको प्रवक्ता झाले बताए।

प्रतिकृया