राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्बभन्दा बढी बिगो दाबी
प्रकाशित मिति
२०८३ असार ८ गते, सोमबार ०५:०४
८ असार २०८३ काठमाडौं – राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिल केसी, तुलसी आचार्यलगायतलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो।
मुद्दामा कुल १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबी गरिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानीले जानकारी दिइन्।

अख्तियारका अनुसार १० जना सरकारी कर्मचारी, २ कम्पनी, ४ विदेशी नागरिक तथा २ जर्मन कम्पनीका नेपाली प्रतिनिधिलाई प्रतिवादी बनाइएको छ।

यसैबीच, राहदानी छपाइमा भएको अनियमिततासम्बन्धी अनुसन्धानका क्रममा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई पनि बयानका लागि बोलाइएको भए पनि उनलाई मुद्दामा प्रतिवादी बनाइएको छैन।




प्रतिकृया