• ८ असार २०८३, सोमबार
  • ३:३३ बेलुका

एफएटीएफको ग्रे लिस्टमै रह्यो नेपाल, खैरो सूचीबाट बाहिरिन असफल

प्रकाशित मिति

२०८३ असार ८ गते, सोमबार १२:१६

८ असार २०८३ काठमाडौं – फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणसम्बन्धी जोखिमपूर्ण सूची ‘ग्रे लिस्ट’ मा यथावत् राखेको छ। एफएटीएफको हालै सम्पन्न प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई खैरो सूचीमै निरन्तरता दिने निर्णय गरेको हो। यससँगै नेपाल सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय निगरानीको सूचीबाट बाहिरिन असफल भएको छ।

एफएटीएफका अनुसार एसिया प्यासिफिक ग्रुप (एपीजी) ले औँल्याएका कमजोरीहरू सुधार गर्न नेपालले पर्याप्त प्रगति गर्न सकेको छैन। एपीजीको तेस्रो चरणको मूल्यांकनमा पनि आवश्यक सुधारका विश्वसनीय आधार नदेखिएपछि नेपाललाई ग्रे लिस्टमा राखिएको थियो।

Kamana Sewa

नेपाललाई २०८१ फागुन ९ गते एफएटीएफको निर्णयअनुसार ग्रे लिस्टमा समावेश गरिएको थियो। अवैध धन आर्जन, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणका क्षेत्रमा अनुसन्धान र अभियोजन प्रभावकारी हुन नसकेको निष्कर्षका आधारमा नेपाललाई उक्त सूचीमा राखिएको थियो।

Classic Tech Desktop

सरकारले भने सन् २०२७ फेब्रुअरीभित्र ग्रे लिस्टबाट बाहिरिने लक्ष्यसहित काम गरिरहेको जनाएको छ। यसका लागि एफएटीएफले तय गरेका १५ वटा कार्ययोजना (एक्सन प्लान) कार्यान्वयनको प्रक्रिया अघि बढाइएको बताइएको छ।

नेपालले ती कार्ययोजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेमा आगामी मूल्यांकनमा ग्रे लिस्टबाट बाहिरिने सम्भावना रहनेछ।

प्रतिकृया