• १२ असोज २०८३, सोमबार
  • ९ः४५ राती

सुनको मुल्य तोलामा १ हजार ४०० रुपैयाँले महँगियो, चाँदीको मूल्य पनि बढ्यो

प्रकाशित मिति

२०८३ असार ८ गते, सोमबार १०:५९

८ असार २०८३ काठमाडौं – नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेर २ लाख ८८ हजार ७०० रुपैयाँ पुगेको छ। आज १० ग्राम सुनको मूल्य २ लाख ४७ हजार ५१५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।

National Life

यसअघि असार ७ गते छापावाल सुन प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ७३० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ६९० रुपैयाँ रहेको थियो।

यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार ५५ रुपैयाँ निर्धारण गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावका आधारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दैनिक रूपमा नेपाली बजारका लागि सुन तथा चाँदीको मूल्य निर्धारण गर्दै आएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया