• २१ भदौ २०८३, आइतबार
  • १२ः१४ दिउँसो

उत्कृष्ट भई पुरस्कृत हुनेहरु प्रहरीमा

प्रकाशित मिति

२०७६ आश्विन २६ गते, आईतवार ०२:३६

काठमाडौं, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ६४औं प्रहरी दिवस २०७६ का अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग पुर्‍याउने व्यक्तिहरु, उत्कृष्ट लेखकहरु, नेपाल प्रहरी स्मारक गुठीको आजीवन सदस्यता प्राप्त गर्ने प्रहरी अधिकृतहरुलाई कदरपत्र तथा पुरस्कार वितरण गरेका छन् ।

National Life

१ , उत्कृष्ट कार्य गर्ने प्रहरी नायव निरीक्षक दिपेन्द्र बहादुर चन्दलाई पूर्ण शान्ति पुरस्कार र नगद
२ , साहसिक तथा जोखिमपूर्ण कार्य गरे वापत प्रहरी नायव निरीक्षक कमल विक्रम विष्टलाई योगेन्द्र स्मृति साहसिक पुरस्कार
३ , विपद उद्धारमा उत्कृष्ट कार्यमा गर्ने प्रहरी कर्मचारीहरु प्रहरी हवल्दारद्वय मानसिंह ठगुन्ना र वेदकुमार अर्याल

४ , उत्कृष्ट व्यवस्थापकीय कार्य गर्ने प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापा र प्रहरी उपरीक्षक चन्द्र कुबेर खापुङ
५ ,उत्कृष्ट प्राविधिकतर्फ प्रहरी निरीक्षक भुलाराज खनाल
६ , उत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी निरीक्षक पंच कुमार बाखु

Classic Tech Desktop

७ , उत्कृष्ट अनुसन्धान सहयोगी प्रहरी जवान रामकृष्ण आचार्य
८, उत्कृष्ट ट्राफिक व्यवस्थापनतर्फ प्रहरी नायव उपरीक्षक सुनिल जंग शाह
९, उत्कृष्ट आन्तरिक प्रशिक्षकतर्फ प्रहरी उपरीक्षक तारा देवी थापा

१०, उत्कृष्ट बाह्‍य प्रशिक्षकतर्फ प्रहरी हवल्दार गोकुल बहादुर कुँवर

११, उत्कृष्ट महिला खेलाडीतर्फ प्रहरी हवल्दार लक्ष्मी वन
१२, उत्कृष्ट पुरुष खेलाडीतर्फ प्रहरी जवान कुल बहादुर थापा
१३ , विभागिय नीति निर्देशन अन्तर्गत रही व्यवसायिक र अनुशासित तवरले सुम्पिएको जिम्मेवारी उत्कृष्ट ढंगबाट निर्वाह गर्ने प्रहरी उपरीक्षक दिनेश राज मैनाली, प्रहरी निरीक्षक हिरेन्द्र बहादुर रोकाया, प्रहरी नायव निरीक्षक सनम राई र प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदी
अन्तर जिल्ला कार्यदक्षता मूल्याङ्कनतर्फ उत्कृष्ट कार्य गर्ने प्रहरी उपरीक्षकहरु ह्रदय थापा, बसन्त रजौरे र विश्व अधिकारी

प्रतिकृया