यस्ता छन् आजको मन्त्रिपरिषद्का ६ निर्णय(निर्णयसहित)
प्रकाशित मिति
२०८३ असार ५ गते, शुक्रबार ०८:४५
५ असार २०८३ काठमाडौं – नेपाल सरकारको आज असार ५ गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न कानुनी, वित्तीय तथा सहकारी क्षेत्रसँग सम्बन्धित ६ वटा महत्त्वपूर्ण निर्णय गरेको छ। बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ को साविक व्यवस्था पुनः कायम गर्ने सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ।
यस्तै, नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपाल प्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरिएको छ।

सहकारी क्षेत्रको सुधार र नियमनलाई प्रभावकारी बनाउन सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक तर्जुमाका लागि सिद्धान्ततः स्वीकृति दिइएको छ। साथै, बचत तथा ऋण सहकारीको नियमन तथा सुपरीवेक्षण सम्बन्धी छुट्टै विधेयक तर्जुमाका लागि पनि मन्त्रिपरिषद्ले सिद्धान्त स्वीकृत गरेको छ।

सरकारका अनुसार यी निर्णयहरू वित्तीय प्रणालीको सुदृढीकरण, सहकारी क्षेत्रको सुधार तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा केन्द्रित रहेका छन्।





प्रतिकृया