• ६ असोज २०८३, मंगलबार
  • १ः०६ दिउँसो

एभरेष्ट कलरको आईपीओ आज बाँडफाँट

प्रकाशित मिति

२०८३ असार ४ गते, बिहीबार ०९:३५

४ असार २०८३ काठमाडौं – एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आज बिहीबार बाँडफाँट हुने भएको छ। कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आईपीओ बाँडफाँट कार्यक्रम बिहान ८ः३० बजे तय गरिएको छ।

National Life

कम्पनीले जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ५५ हजार ७०० कित्ता शेयर निष्काशन गरेको थियो। उक्त शेयरको कुल मूल्य ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबर रहेको छ।

आईपीओमा मागभन्दा दोब्बरभन्दा बढी आवेदन परेकाले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिने भएको छ। यसले गर्दा सबै आवेदकले शेयर प्राप्त गर्ने सम्भावना नरहेको जनाइएको छ। नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति प्रदान गरेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

२०६८ सालमा स्थापना भएको एभरेष्ट कलर लिमिटेड नेपाली बजारमा विभिन्न प्रकारका रङ उत्पादन तथा बिक्री–वितरण गर्दै आएको कम्पनी हो। आईपीओ बाँडफाँटपछि कम्पनीको शेयर दोस्रो बजारमा सूचीकृत हुने प्रक्रिया अगाडि बढ्नेछ।

प्रतिकृया