• २ असार २०८३, मंगलबार
  • ४:२१ बेलुका

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा

प्रकाशित मिति

२०८३ असार २ गते, मंगलवार ०१:४५

२ असार २०८३ काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। स्रोतका अनुसार पासपोर्ट आपूर्तिसम्बन्धी विषयमा अनुसन्धानका लागि अर्याललाई मंगलबार नियन्त्रणमा लिइएको हो। उनीसँग हाल बयान तथा सोधपुछ भइरहेको बताइएको छ।

सोधपुछको काम भइरहेको छ, अख्तियार निकट स्रोतले जनाएको छ। अर्याल सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पनि पुगेका थिए। यद्यपि उनको नियन्त्रणसँग त्यसको सम्बन्धबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।

Kamana Sewa

यसै प्रकरणमा व्यवसायी सिद्धार्थ थापालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको स्रोतले जनाएको छ। सिद्धार्थ थापा नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य सुनिल थापा का छोरा हुन्।

Classic Tech Desktop

अख्तियारले घटनाबारे औपचारिक विवरण सार्वजनिक गरिनसकेको भए पनि राहदानी आपूर्तिसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको जनाएको स्रोतको भनाइ छ।

प्रतिकृया