• २ असार २०८३, मंगलबार
  • ११:५५ बिहान

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८३ असार २ गते, मंगलवार ०९:१६

२ असार २०८३ काठमाडौं – देशमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा (ट्रफ), स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेकाले विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशका हिमाली र पहाडी भू–भागका साथै कोशी प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली रहेको छ भने मधेश प्रदेशमा आंशिक बदली छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

Kamana Sewa

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। साथै कोशी प्रदेशको तराईका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना छ।

Classic Tech Desktop

विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा आज तातो दिन (हट डे) रहने सम्भावना छ।

आज राति पनि देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। कोशी प्रदेशको तराईका केही स्थानमा पनि राति वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

विभागले मेघगर्जन, चट्याङ तथा वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिकृया