• ३ असोज २०८३, शनिबार
  • ३ः१९ दिउँसो

सुदूरपश्चिम प्रदेशको बजेट ३७ अर्ब ७० करोड, पूर्वाधार र सेवा प्रवाहमा जोड

प्रकाशित मिति

२०८३ असार २ गते, मंगलवार ०९:२२

२ असार २०८३ धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिलामन्त्री विक्रमसिंह धामी ले आइतबार राति प्रदेशसभाको बैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन्। प्रतिपक्षी दलका सांसदहरूको बहिष्कारबीच राति ११:४५ बजे बसेको बैठकमा बजेट सार्वजनिक गरिएको हो।

National Life

सरकारले आगामी आर्थिक वर्षको खर्च व्यवस्थापनका लागि विभिन्न स्रोतबाट राजस्व तथा अनुदान प्राप्त हुने अनुमान गरेको छ। बजेटका लागि आन्तरिक राजस्वबाट १ अर्ब ७२ करोड रुपैयाँ, राजस्व बाँडफाँटबाट १० अर्ब २४ करोड ९२ लाख रुपैयाँ तथा संघीय रोयल्टीबाट ७ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यस्तै, संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदानमार्फत समेत ठूलो परिमाणमा रकम प्राप्त हुने अपेक्षा गरिएको छ। चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने रकमलाई पनि आगामी वर्षको बजेट स्रोतका रूपमा समावेश गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्री धामीले प्रस्तुत बजेटमा प्रदेशको आर्थिक विकास, पूर्वाधार निर्माण, कृषि, शिक्षा, स्वास्थ्य तथा सेवा प्रवाह सुधारलाई प्राथमिकता दिइएको बताए। यद्यपि चालु र पुँजीगत खर्चतर्फ कति रकम विनियोजन गरिएको छ भन्ने विस्तृत विवरण बजेट वक्तव्यमा समेटिएको छ।

सुदूरपश्चिम प्रदेशले ल्याएको यो बजेटसँगै आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश सरकारले आफ्नो बजेट सार्वजनिक गरिसकेका छन्।

प्रतिकृया