• २२ जेठ २०८३, शुक्रबार
  • १:०३ बेलुका

किन हुदैछ २२ दिन बन्द रसुवागढी जलविद्युत आयोजना ?

प्रकाशित मिति

२०८३ जेष्ठ २२ गते, शुक्रबार १०:३५

२२ जेठ २०८३ काठमाडौं – १११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड अन्तर्गतको रसुवागढी जलविद्युत आयोजना आगामी मनसुनअघि आवश्यक पुनर्स्थापना तथा पुनर्निर्माण कार्यका लागि २२ दिन बन्द हुने भएको छ।

कम्पनीका अनुसार गत वर्ष आएको हिमबाढीले आयोजनाका विभिन्न संरचना तथा विद्युत उत्पादनसँग सम्बन्धित उपकरणमा क्षति पुर्‍याएपछि थप मर्मत, सुदृढीकरण र प्राविधिक सुधारका काम आवश्यक भएकाले उत्पादन अस्थायी रूपमा रोक्न लागिएको हो।

Kamana Sewa

२०८२ साल असार २४ गते आएको हिमबाढीपछि आपतकालीन व्यवस्थापनअन्तर्गत क्षतिग्रस्त संरचना तथा उपकरणहरूको मर्मत र पुनर्स्थापना कार्य सम्पन्न गरिएको थियो। हाल आयोजनाका तीनवटै उत्पादन युनिट सञ्चालनमा रहेर विद्युत उत्पादन भइरहेको कम्पनीले जनाएको छ।

Classic Tech Desktop

तर आगामी वर्षायाममा आयोजना पूर्ण क्षमतामा सुरक्षित र भरपर्दो रूपमा सञ्चालन गर्न थप पुनर्निर्माण तथा प्राविधिक सुधार आवश्यक रहेकाले नेपाल विद्युत प्राधिकरणसँग उत्पादन बन्द गर्ने अनुमति मागिएको थियो। प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि पूर्वनिर्धारित कार्यतालिका अनुसार आयोजना केही समयका लागि बन्द गरिने भएको हो।

स्वीकृत कार्यक्रमअनुसार आयोजना २०८३ साल जेठ २२ गतेदेखि असार १३ गतेसम्म कुल २२ दिन बन्द रहनेछ। यस अवधिमा संरचनागत सुधार, उपकरण मर्मत तथा दीर्घकालीन सञ्चालनलाई प्रभावकारी बनाउने विभिन्न प्राविधिक कार्यहरू सम्पन्न गरिने कम्पनीले जनाएको छ।

प्रतिकृया