• ६ असोज २०८३, मंगलबार
  • १ः३१ दिउँसो

माण्डु हाइड्रोपावरले घोषणा गर्‍यो १० प्रतिशत बोनस शेयर

प्रकाशित मिति

२०८३ जेष्ठ १९ गते, मंगलवार १०:१७

१९ जेठ २०८३ काठमाडौं – माण्डु हाइड्रोपावर लिमिटेड ले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ३६ करोड ६३ लाख ३७ हजार रुपैयाँको १० प्रतिशत बोनस शेयर तथा ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

National Life

कम्पनीका अनुसार प्रस्तावित लाभांश विद्युत नियमन आयोग र आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि वितरण गरिनेछ।

लाभांश घोषणासँगै कम्पनीका शेयरधनीले बोनस शेयरसँगै कर प्रयोजनका लागि नगद लाभांश पनि प्राप्त गर्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया