• ४ साउन २०८३, सोमबार
  • २:५२ बिहान

मोबाइल नम्बर वा इमेल परिवर्तन भए वित्तीय संस्थालाई जानकारी गराउन राष्ट्र बैंकको आग्रह

प्रकाशित मिति

२०८३ जेष्ठ १९ गते, मंगलवार ०९:३५

१९ जेठ २०८३ काठमाडौं – नेपाल राष्ट्र बैंकले मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएमा सम्बन्धित बैंक, वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई तत्काल जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ। एक वित्तीय सचेतना सन्देश जारी गर्दै राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा डिजिटल वालेटजस्ता सेवाहरू ग्राहकले दर्ता गराएको मोबाइल नम्बर वा इमेलसँग आवद्ध रहने जनाएको छ।

यस्ता माध्यममा खातासम्बन्धी महत्त्वपूर्ण सूचना तथा विवरण जोडिएको हुने भएकाले परिवर्तन भएको अवस्थामा अद्यावधिक गराउनु आवश्यक रहेको राष्ट्र बैंकको भनाइ छ।

Kamana Sewa

राष्ट्र बैंकका अनुसार मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सम्बन्धित सेवा प्रदायकलाई समयमै जानकारी नगराउँदा खातासम्बन्धी संवेदनशील विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्न सक्ने जोखिम रहन्छ।

Classic Tech Desktop

यसैले जुनसुकै कारणले मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएमा यथाशीघ्र सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराई आफ्नो विवरण अद्यावधिक गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।

प्रतिकृया