• ४ साउन २०८३, सोमबार
  • ५:२९ बिहान

आयल निगमका कार्यकारी निर्देशक भट्टद्वारा राजीनामा

प्रकाशित मिति

२०८३ बैशाख ३० गते, बुधबार ०४:५३

काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन्। बुधबार उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा औपचारिक रूपमा राजीनामा बुझाएका हुन्। मन्त्रालय स्रोतका अनुसार उनले व्यक्तिगत तथा प्रशासनिक कारण देखाउँदै पदबाट अलग हुने निर्णय गरेका हुन्।

यद्यपि, उनको राजीनामाको वास्तविक कारणबारे मन्त्रालय वा निगमले औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरेको छैन। मन्त्रालयले भने राजीनामामाथि आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ। नेपाल आयल निगमको नेतृत्व सम्हालेपछि डा. भट्ट इन्धन आपूर्ति व्यवस्थापन, निगमको आर्थिक अवस्था सुधार तथा पेट्रोलियम पूर्वाधार विस्तारका योजनामा सक्रिय थिए।

Kamana Sewa

उनको कार्यकालमा विभिन्न स्थानमा पेट्रोलियम भण्डारण डिपो विस्तार, इन्धन आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाउने तथा भारतसँगको इन्धन आपूर्ति सहकार्यलाई मजबुत बनाउने प्रयास अघि बढाइएको थियो। यसैगरी, बजारमा इन्धन अभाव हुन नदिन आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउने दिशामा पनि विभिन्न नीतिगत पहल गरिएको थियो।

Classic Tech Desktop

डा. भट्टको राजीनामासँगै अब नेपाल आयल निगमको नयाँ नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा चासो बढेको छ। मन्त्रालयले राजीनामा स्वीकृत गरेपछि नयाँ कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया सुरु हुने अपेक्षा गरिएको छ।

प्रतिकृया