• ५ असोज २०८३, सोमबार
  • १ः१९ दिउँसो

संसद बैठकमा बजेटको आधारभूत खाका पेश गरिँदै

प्रकाशित मिति

२०८३ बैशाख २९ गते, मंगलवार १२:४२

२९ बैशाख २०८३ काठमाडौं- आगामी आर्थिक वर्षको बजेट सम्बन्धी सिद्धान्त तथा प्राथमिकता बिहीबार बस्ने संसद बैठकमा पेश हुने भएको छ । स्वर्णिम वाग्लेले आज अर्थ समितिको बैठकमा यसबारे जानकारी गराएका हुन् । उनका अनुसार सांसदहरूले दिने सुझावलाई आगामी बजेटमा समेटिनेछ ।

National Life

अर्थमन्त्री वाग्लेले सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्रसँग धेरै हदसम्म मेल खाने पनि बताएका छन् ।उनले अर्थ मन्त्रालयमा बजेट माग्न सांसदहरूको आउने क्रम जारी रहेको उल्लेख गर्दै नयाँ सरकार बन्नुअघि नै बजेट सिलिङ पठाइसकिएकाले अहिले ‘स्पेस’ सीमित रहेको स्पष्ट पारे ।

कानुनी प्रावधानअनुसार बजेट सार्वजनिक हुनुभन्दा १५ दिन अगाडि नै यसको सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया