• ४ साउन २०८३, सोमबार
  • २:५४ बिहान

केन्द्रीय कारागारबाट फरार कर्तव्य ज्यान मुद्दाका कैदी पक्राउ

प्रकाशित मिति

२०८३ बैशाख २९ गते, मंगलवार ११:५७

२९ बैशाख २०८३ काठमाडौं- केन्द्रीय कारागारबाट फरार रहेका कर्तव्य ज्यान मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय कारागारमा सजाय भुक्तान गरिरहेका कैदी जीवन पुर्कोटी (उर्फ जीवन बहादुर पुर्कोटी)लाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार औषध कारोबारमा संलग्न व्यक्तिहरूको निगरानी गर्ने क्रममा खटिएको टोलीले उनलाई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ बाट पक्राउ गरेको हो ।

Kamana Sewa

उनी २५ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना सजाय पाएका कर्तव्य ज्यान मुद्दाका दोषी हुन् । प्रहरीका अनुसार उनी २०८२ साल भदौ २४ गते ल्हेन्देनी आन्दोलनको क्रममा कारागारबाट भागी फरार भएका थिए ।

Classic Tech Desktop

पक्राउ परेका पुर्कोटीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः केन्द्रीय कारागार, जगन्नाथदेव सुद्धारा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया