• ४ साउन २०८३, सोमबार
  • १:३७ बिहान

यस्तो छ आजको मौसम पूर्वानुमान

प्रकाशित मिति

२०८३ बैशाख २४ गते, बिहीबार ०९:२३

२४ बैशाख २०८३ काठमाडौं- जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको तल्लो वायुमण्डलीय न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ।

विभागका अनुसार अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी प्रदेशको हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी भू-भागमा आंशिक बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, बागमती र कर्णाली प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

Kamana Sewa

आज दिउँसो देशका हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहने र तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। तराईका केही स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

Classic Tech Desktop

यस्तै, आज राति कोशी प्रदेशसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने तथा मधेशसहित अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

प्रतिकृया