• ३ साउन २०८३, आइतबार
  • ३:३१ बेलुका

डा. जगदीश प्रसाद अग्रवाल प्रधानमन्त्रीका अवैतनिक स्वास्थ्य सल्लाहकार नियुक्त

प्रकाशित मिति

२०८३ बैशाख २३ गते, बुधबार ०३:१०

२३ बैशाख २०८३ काठमाडौं- सरकारले वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षाविद् प्रा. डा. जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहका अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अग्रवाललाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अग्रवाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्व डीन समेत हुन् । नियुक्तिबारे जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले स्वास्थ्य क्षेत्रका अनुभवी व्यक्तित्वको रूपमा अग्रवालको संलग्नताले स्वास्थ्य नीति तथा सेवा सुधारमा महत्वपूर्ण प्राविधिक सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

Kamana Sewa

उनका अनुसार आइओएमजस्तो प्रतिष्ठित संस्थाको नेतृत्व गरिसकेका अग्रवालले अवैतनिक रूपमा आफ्नो अनुभव र विशेषज्ञता राज्यलाई उपलब्ध गराउनेछन् । प्रधानमन्त्री कार्यालयका अनुसार डा. अग्रवालले कुनै पनि पारिश्रमिक वा आर्थिक सुविधा नलिई केवल विज्ञका रूपमा सेवा प्रदान गर्नेछन् ।

Classic Tech Desktop

प्रतिकृया