• ६ असोज २०८३, मंगलबार
  • २ः५९ दिउँसो

बालेन्द्र शाहले किन बोलाए मन्त्रिपरिषद् बैठक ?

प्रकाशित मिति

२०८३ बैशाख १४ गते, सोमबार १२:१५

१४ बैशाख २०८३ काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।बैठक आज सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी तय गरिएको एक मन्त्रीले जानकारी दिएका छन्।

National Life

ती मन्त्रीका अनुसार बैठकका औपचारिक एजेन्डा सार्वजनिक नगरिए पनि सरकारका नियमित कामकारबाहीबारे छलफल हुने अपेक्षा गरिएको छ। साथै, सम्भावित रूपमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउने विषयमा पनि छलफल हुन सक्ने बताइएको छ।

सरकारले पछिल्ला नीतिगत निर्णय र आगामी कार्ययोजना अघि बढाउने सन्दर्भमा बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया