• ६ असोज २०८३, मंगलबार
  • १ः०८ दिउँसो

बालेन्द्र शाह ३७ वर्षमा प्रवेश, सामाजिक सञ्जालमा शुभकामनाको ओइरो

प्रकाशित मिति

२०८३ बैशाख १४ गते, सोमबार ११:३९

१४ बैशाख २०८३ काठमाडौं-  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सोमबारदेखि ३७ वर्षमा प्रवेश गर्नुभएको छ। २०४७ साल वैशाख १४ गते काठमाडौंको नरदेवीमा जन्मिनुभएका उहाँको आज जन्मदिन परेको हो।

National Life

जन्मदिनको अवसरमा उहाँकी पत्नी सविना काफ्लेले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्नुभएको छ। बुबा रामनारायण साह र आमा ध्रुवदेवी शाहका कान्छा सुपुत्रका रूपमा जन्मिनुभएका शाहको पुर्ख्यौली घर महोत्तरीको एकडारा गाउँपालिका हो। उहाँ २०८२ साल चैत १३ गते प्रधानमन्त्री नियुक्त हुनुभएको हो।

यसैबीच, उहाँले सरकारको नेतृत्व सम्हालेको एक महिना पनि पूरा भइसकेको छ। वैशाख १३ गते आइतबार उहाँको नेतृत्वमा सरकार गठन भएको एक महिना पुगेको हो। जन्मदिनको अवसरमा सोमबार बिहानैदेखि सामाजिक सञ्जालमा समर्थक, राजनीतिक सहकर्मी तथा सर्वसाधारणले शुभकामना व्यक्त गरिरहेका छन्। युवा प्रधानमन्त्रीबाट मुलुकले सकारात्मक परिवर्तनको अपेक्षा राख्दै धेरैले उहाँको सफल कार्यकालको कामना गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया