• ३ असार २०८३, बुधबार
  • ७:०९ बेलुका

भृकुटीमण्डपका १०३ सटर भाडामा, न्यूनतम भाडा लाखौँ रुपैयाँ

प्रकाशित मिति

२०८३ बैशाख १० गते, बिहीबार ११:१९

१० बैशाख २०८३ काठमाडौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ले काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा रहेका सटरहरू भाडामा दिने भएको छ । कम्पनीले काठमाडौं महानगरपालिका–२८ स्थित भृकुटीमण्डपको ‘ब्लक बी’ र ‘ब्लक सी’ मा रहेका कुल १०३ वटा सटर भाडामा उपलब्ध गराउने जनाएको छ । जसअनुसार ब्लक ‘बी’ मा ५२ वटा र ब्लक ‘सी’ मा ५१ वटा सटर रहेका छन् ।

भाडा दर अनुसार ब्लक ‘बी’ का सटरको न्यूनतम मासिक भाडा (बहाल करसहित) ६ लाख ४७ हजार ५२० रुपैयाँ तोकिएको छ भने ब्लक ‘सी’ का सटरको न्यूनतम भाडा ५ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

Kamana Sewa

इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र १ हजार रुपैयाँ (फिर्ता नहुने) तिरेर दरभाउपत्र खरिद गर्नुपर्नेछ । खरिद गरिएका दरभाउपत्र ८औं दिनको दिउँसो १२ बजेसम्म पेश गर्नुपर्ने र सोही दिन २ बजे खोलिने कम्पनीले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया