• १८ असोज २०८३, आइतबार
  • २ः४१ राती

गृहमन्त्री गुरूङसँग प्रधानमन्त्री शाहले मागे लिखित स्पष्टीकरण

प्रकाशित मिति

२०८३ बैशाख ८ गते, मंगलवार ०१:०९

८ बैशाख २०८३ काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री सुधन गुरूङ सँग लिखित स्पष्टीकरण लिएका छन्। सम्पत्ति विवरणमा सेयर खरिदसम्बन्धी जानकारी नदेखिएको र सम्पत्ति शुद्धीकरणको अभियोगमा प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्ट सँग सम्बन्ध जोडिएको आरोपपछि गृहमन्त्री गुरूङमाथि प्रश्न उठेपछि प्रधानमन्त्रीले यस विषयमा चासो देखाएका हुन्।

National Life

विवाद सार्वजनिक भएसँगै गृहमन्त्री गुरूङले आफूले सेयर खरिदका लागि ऋण लिएको दाबी गर्दै स्पष्टीकरण दिएका छन्। उनले उठेका आरोपबारे आवश्यक विवरणसहित स्पष्ट जवाफ पेश गरेको बताएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार यस प्रकरणलाई प्रधानमन्त्री शाहले गम्भीर रूपमा लिएका छन्। गृहमन्त्रीको सचिवालयले भने प्रधानमन्त्री समक्ष लिखित स्पष्टीकरण बुझाइसकिएको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

सचिवालयका अनुसार गृहमन्त्री गुरूङले सोमबार साँझ करिब ६ बजे प्रधानमन्त्रीसमक्ष आफ्नो लिखित स्पष्टीकरण पेश गरेका हुन्।

प्रतिकृया