• १८ असोज २०८३, आइतबार
  • ३ः२३ राती

स्मार्ट लाइसेन्स छपाइ सकियो, सम्बन्धित कार्यालयबाट लिन सकिने

प्रकाशित मिति

२०८३ बैशाख ८ गते, मंगलवार ०२:१६

८ बैशाख २०८३ काठमाडौं – यातायात व्यवस्था विभाग ले लामो समयदेखि छपाइको पर्खाइमा रहेका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) हरू छपाइ सम्पन्न गरी सम्बन्धित यातायात कार्यालयहरूमा पठाउन सुरु गरेको जनाएको छ। विभागले सूचना जारी गर्दै छपाइ भएका लाइसेन्सहरू द्रुत गतिमा सम्बन्धित कार्यालयहरूमा पठाउने काम भइरहेको र सेवाग्राहीले अब आफ्नो लाइसेन्स सम्बन्धित कार्यालयबाटै लिन सक्ने जानकारी दिएको हो।

National Life

विभागका अनुसार चालकहरूले आफूले ट्रायल पास गरेको वा नवीकरणका लागि विवरण पेस गरेको कार्यालयबाटै लाइसेन्स प्राप्त गर्न सक्नेछन्।

सूचनामा भनिएको छ, “सवारी चालक अनुमतिपत्र छपाइ भई यस विभागमा प्राप्त भएका लाइसेन्सहरू सम्बन्धित कार्यालयहरूमा पठाउने कार्य तीव्र रूपमा भइरहेको हुँदा सम्बन्धित व्यक्तिले आफूले विवरण पेस गरेको कार्यालयबाट नै लाइसेन्स लिनुहुन जानकारी गराइन्छ।”

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया