• १ असोज २०८३, बिहीबार
  • ५ः३० बेलुका

रास्वपाको सचिवालय बैठक आज, यस्ता छन् छलफलका एजेन्डा

प्रकाशित मिति

२०८३ बैशाख ६ गते, आईतवार ०८:०२

६ बैशाख २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ। सभापति रवि लामिछानेले  दिउँसो साढे ३ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक बोलाएको प्रवक्ताले जानकारी दिएका छन्।

National Life

पार्टीको सांगठनिक विस्तार र आगामी महाधिवेशनको तयारीलाई केन्द्रमा राख्दै बैठकका लागि ६ वटा मुख्य एजेन्डा तय गरिएको छ। तीमध्ये ‘जिल्ला अधिवेशन कार्यविधि २०८३’ माथि विस्तृत छलफल हुने तथा महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन गर्ने विषयमा निर्णय गरिनेछ।

यस्तै, पार्टीको आर्थिक पारदर्शिता र व्यवस्थापनलाई सुदृढ बनाउन बैंक खाता सञ्चालनसम्बन्धी विषयमा पनि छलफल हुने कार्यसूचीमा समावेश गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

संगठनलाई पूर्णता दिने लक्ष्यसहित केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च तथा विभिन्न विभागमा गरिने मनोनयनका विषयमा पनि सचिवालय बैठकले निर्णय लिनेछ। साथै, रास्वपाले नयाँ अभ्यासका रूपमा ‘विज्ञहरूको आह्वान’ र ‘योजनाहरूको आह्वान’लाई समेत मुख्य एजेन्डामा राखेको छ।

यसैगरी, विविध विषयअन्तर्गत प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी बाँडफाँट, आगामी केन्द्रीय समिति बैठकको तयारी तथा संसदीय दलका लागि आवश्यक प्राविधिक सहयोग र लेवी व्यवस्थापनबारे पनि विस्तृत छलफल हुने प्रवक्ता झाले बताएका छन्।

प्रतिकृया